Try the powerful NYN search:
Selected NYNepal searches:
Rankings Fantasy Picks Injuries Projections Rookies Blogs Superbowl|
|
Published: February 15, 2009
बुटवल, फागुन ४ गते । देशका प्रमुख नेताहरू तथा विदेशी प्रतिनिधिहरूसमेत एउटै मञ्चमा जमघट हुने नेपाल कम्युनिस्ट पार्टी एमालेको आठौँ महाधिवेशनका लागि बुटवलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उद्घाटन समारोहमा यहाँ हुने जनउपस्थितिसमेतलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिनुका साथै बुटवल क्षेत्रमा राजमार्गलगायत नगर क्षेत्रमा सवारी साधनहरूको आवागमनमा रोक लगाइएको छ ।
महाधिवेशनको लागि व्यवस्थापन तयारी पूरा भएको छ । एमालेका सबै नेता, नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालगायत अन्य पार्टीका नेताहरू पनि यहाँ आइसक्नुभएको छ । प्रतिनिधिहरू आउने क्रम भने जारी छ ।
रपन्देहीका प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर करिब दुई हजार सुरक्षाकर्मीको परिचालन गरिएको छ । कपिलवस्तु, नवलपरासी र रूपन्देहीको दक्षिणी क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विभिन्न स्थानमा ४० जनाका दरले सुरक्षा टोली परिचालित गरिएको छ ।
प्रजिअ वाग्लेले भन्नुभयो- महाधिवेशनमा सहभागी हुन आउनेहरूलाई सुरक्षाका दृष्टिले कुनै समस्या पर्दैन, कुनै समस्या आएमा तत्काल ‘एक्सन’मा जाने निर्देशन दिइएको छ ।
उहाँका अनुसार एमालेका स्वयंसेवक र प्रहरीबीच समन्वय मिलाइएको छ । महाधिवेशन केन्द्रीय प्रचारप्रसार उपसमितिका संयोजक ईश्वर पोखरेलले दिनुभएको जानकारी अनुसार उद्घाटन सत्रमा पार्टीका एक हजारभन्दा बढी र बन्दसत्र चल्ने दिनहरूमा ३५० जनाको हाराहारीमा स्वयंसेेवक परिचालन हुनेछन् । स्वयंसेवकका रूपमा पार्टीको ‘पिपुल्स भोलेन्टियर्स’लाई खटाइएको छ ।
महाधिवेशन उद्घाटन बुटवलमण्डपमा दिउँसो १.०० बजे महासचिव झलनाथ खनालबाट हुनेछ । यसअघि बिहान मनमोहन अधिकारीले लुम्बिनीबाट शान्तिदीप जलाएर बुटवलमा ल्याउने र कार्यकर्ताको मार्चपाष्टसहित महाधिवेशसन उद्घाटनस्थलमा लगिने बताइएको छ ।
त्यसअगाडि विभिन्न स्थानबाट जुलुस आउनेछन् । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले सोमबार बिहान ४ बजेदेखि राति २ बजेसम्मका लागि बुटवल क्षेत्रको राजमार्ग बन्द गरेर वैकल्पिक रुट -मोटरसाइकलबाहेक) तोकेको छ । यो अवधिमा महाधिवेशनमा आउनेहरूका सवारीसाधनलाई तोकिएको पार्किङस्थलसम्म मात्र आउन दिइने भएको छ । बुटवलमण्डप क्षेत्रमा सुरक्षाकर्मी र आकस्मिक सेवाका सवारीसाधनबाहेक कुनै पनि सवारीसाधनलाई आउन नदिइने सूचना जारी गरिएको छ ।
उद्घाटन समारोहमा एमालेका प्रमुख नेताहरू मात्र होइन, अन्य दलका प्रमुख नेताहरूले पनि सम्बोधन गर्नुहुनेछ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेका सभापति गिरिजाप्रसाद कोइराला, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवका साथै तराई-मधेस लोकतान्त्रिक पार्टी, नेकपा -माले), राष्ट्रिय जनमोर्चा, नेकपा -एकीकृत), नेकपा -संयुक्त), सद्भावना पार्टी, नेमकिपा, राप्रपा, राजपालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
यसैगरी १४ देशका कम्युनिसट, श्रमिक र समाजवादी गरी २१ प्ार्टीका ४० जना प्रतिनिधि सहभागी हुनुहुने भएको र विदेशी पार्टीहरूका तर्फबाट समेत शुभकामना मन्तव्य व्यक्त हुने कार्यक्रम छ ।
आयोजकसहित एक हजार चार सय पुरुष र ३९६ महिला प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको व्यवस्थापनका कामहरू सकिएका छन् ।
महाधिवेशन स्थलमा चौबीसै घण्टा विद्युत् सेवाको व्यवस्था मिलाइएको छ भने सञ्चारकर्मीहरूको सुविधाका लागि कम्प्युटर, इन्टरनेट सेवासहित प्रत्येक दिन कुनै समयमा बन्दसत्रको समेत अवलोकन गर्न दिने बताइएको छ ।
नेपाल विद्युत प्राधिकरण, बुटवलले महाधिवेशनलाई ध्यानमा राखेर महाधिवेशन अवधिभरका लागि महाधिवेशनस्थल र वरपरका क्षेत्रमा लोडसेडिङ नगरिने जनाएको छ । बुटवलको पश्चिम क्षेत्रमा रातिको समयमा विद्युत् कटौती नगरिने जानकारी पनि दिएको छ ।
महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यासम्म पनि पार्टीको नेतृत्वका लागि कुन नेता कुन पदमा उम्मेदवार बन्नुहुने हो वा सहमति कायम गरिने हो भन्ने स्पष्ट हुनसकेको छैन ।
स्थायी कमिटीका सदस्य प्रदीप नेपाल भन्नुहुन्छ- नेतृत्वमा सहमतिका लागि व्यक्तिगत रूपमा नेताहरूसँग छलफल चलिरहेको छ तर यो प्रयास टुङ्गोमा पुगेको छैन ।
निर्वाचन कहिले हुने भन्ने पनि तय भएको छैन । ‘यो पार्टीको आन्तरिक कार्य हो, बन्दसत्र सुरु भएपछि प्रतिवेदनहरू पारित गर्ने अनि पारित प्रतिवेदनहरूको व्यवस्था अनुसार निर्वाचन कार्यक्रम र विधि तय हुनेछ’ स्थायी कमिटीका सदस्य तथा प्रचार संयोजक ईश्वर पोखरेलको भनाइ छ । उहाँले अरू पार्टीका मान्छेले एमालेका विभिन्न पदमा कुनै व्यक्ति रोजेर टिप्पणी गर्नुको कुनै अर्थ नरहने बताउनुभयो ।
यसैबीच अपराहृन भैरहवामा नबसी सोझै बुटवलमा आउनुभएका नेका सभापति गिरिजाप्रसाद कोइरालाले पत्रकारहरूसाग कुरा गर्न चाहनुभएन । “जे बोल्नुपर्ने हो म एमालेको महाधिवेशनमै बोल्नेछु”, उहााले भन्नुभयो ।
यस्तै, आइतबार बेलुकी ८ बजेपछि केन्द्रीय कमिटीको बैठक बसेर अधिवेशनका सन्दर्भमा आवश्यक कमिटीहरू बनाउन छलफल गरेको बताइएको छ ।
Source :- Gorkha Parta
| Not all the articles in this website are written
by NYNepal.com. They are taken from different website as a unique post. They are here just for you to inform about the news. We do not take credit for those news or articles and respect their works. If you feel and uncomfortable about this new mail us at info@nynepal.com |
One Comment on "लाल – सलाम कमरेड"
milan on Mon, 16th Feb 2009 11:19 am
dhanyabad cha hi nynepal ma news layako ma.