वाईसीएल-विद्यार्थी झडप/१० घाइते

By admin
for NYNepal.com

Published: February 17, 2009

commentComment        

वाईसीएल-विद्यार्थी झडप/१० घाइते thumbnail

गणेश चौधरी

टीकापुर, फागुन ६ – कैलालीको लम्कीमा विद्यार्थी र वाईसीएलबीच मंगलबार झडप हुँदा ४ विद्यार्थी, एक वाईसीएल, एक जना शिक्षक र ५ जना प्रहरी घाइते भएका छन् ।
घाइते हुनेमा विद्यार्थीहरु दानसिंह कार्की, रंगा कुमारी भट्टराई, इन्द्र कुँवर र लोकराज देवकोटा छन् भने शिक्षक अमर रावल पनि घाइते भएका छन् । प्रहरीतर्फ पनि ५ जना घाइते भएको प्रहीले जनाएको छ भने वाईसीएलका नगी बडुवाल घाइते भएको स्थानीय धनराज विकले जनाए । घाइतेलाई उपचारका लागि नेपालगंज लगिएको छ । विद्यार्थीले लम्कीमा रहेको ट्राफिक प्रहरी कार्यालयमा आगो लगाइदिएका छन् । लम्की बजार मंगलबार दिनभरी बन्द रह्यो । बलिया ात्रका माओवादी इन्चार्ज रंगनाथ ढकाल तथा माओवादी सेती महाकाली स्वायत्त राज्य परिषदका सदस्य कुम्भराज बडुवालको निर्देशनमा स्थानीय एक प्रधानाध्यापकलाई कालोमोसो लगाइएको थियो । त्यसको विरोधमा विद्यार्थीले मंगलबार विहानैदेखि नाराबाजी गरेका थिए । तनाव बढदै गएपछि विहान प्रहरी र विद्यार्थी तथा दिउसो वाईसीएल र विद्यार्थीबिच झडप भएको हो । प्रहरीले नियन्त्रणका लागि चार राउण्ड हवाइ फायर गरेको जनाइएको छ । विद्यालयमा राहत दरबन्दीको शिक्षिका र लेखापाल नियुक्तिको विषयमा अनियमितता गरेको भन्दै प्र.अ पूर्णबहादुर बडुवालको राजीनामा मागेका थिए । राजीनामा नदिएपछि कार्यालयबाट बाहिर निकाली कालोमोसो दलेको विद्यार्थीले बताएका छन् । आक्रोशित विद्यार्थीहरुले सोमबार दिउसो रंगनाथ ढकालको घरमा समेत घेराउ गरेका थिए । उनीहरुले प्र.अ. माथि अभद्र व्यवहार गर्नेलाई कार्वाही गर्न माग गरेका छन् । विद्यार्थीले घर घेराउ गरे पछि प्रहरीले ढकाललाई सोमबार टीकापुर लगेको थियो भने मंगलबार धनगढी लगेको छ । जनसेवा माविका विद्यालयका प्रधानाध्यापकमाथि अभद्र व्यवहार गरेको विरोधमा विद्यार्थीहरुले पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा सोमबार पनि साढे चार घण्टा चक्काजाम गरेका थिए ।

Source :- ekantipur
Not all the articles in this website are written by NYNepal.com.
They are taken from different website as a unique post.
They are here just for you to inform about the news.
We do not take credit for those news or articles and respect their works.
If you feel and uncomfortable about this new mail us at
info@nynepal.com

Sponsored Links



WPSN comments

One Comment on "वाईसीएल-विद्यार्थी झडप/१० घाइते"

  1. prakass on Mon, 2nd Mar 2009 12:12 am 

    gud post ,theese maoist again started attacking,huh!bad party.iwas a boy who once like maoist very much but these days i dont even want to see them.
    gud to see this .
    i am in california and i have a blog called prakass.wordpress.com so i request you to include my link in your site coz your site is great.i anticipate this from you.thanks.




NYN Latest

   

Free Registration - Jdate.com

 
eXTReMe Tracker