Try the powerful NYN search:
Selected NYNepal searches:
Rankings Fantasy Picks Injuries Projections Rookies Blogs Superbowl|
|
Published: February 19, 2009
नयाँ पत्रिका
सुर्खेत, ८ फागुन
2009-02-20,Friday
सामूहिक पिटाइका कारण आत्महत्या गरेका सुर्खेतको त्रिपुरेश्वर माविका छात्र हितान राम्जालीलाई पिट्ने तीनजना शिक्षकले आत्मालोचनासहित माफी मागेका छन् ।

शिक्षकको पिटाइपछि २७ पुसमा भागेका राम्जालीको शव ९ माघमा मृत अवस्थामा भेटिएको थियो । भागेकै दिन उनले आत्महत्या गरेको प्रहरीको आशंका छ । उनलाई पिट्ने प्रधानाध्यापक महेन्द्रप्रसाद शर्मा, सहायक प्रधानाध्यापक जीतबहादुर राम्जाली र शिक्षक ज्ञानलाल यादवले संयुक्त विज्ञप्ति प्रकाशित गरी गल्तीप्रति पश्चात्ताप गरेका हुन् । विज्ञप्तिमा ‘असल नियतबाट गरिएको व्यवहारबाट अकल्पनीय घटना घटेको’ उल्लेख छ ।
आत्महत्या गर्न बाध्य पारिएको भन्दै विद्यार्थीले तीनजना शिक्षकमाथि कारबाहीको माग गरेका थिए । मगर विद्यार्थी संघको अगुवाइमा विद्यार्थी आन्दोलित थिए । आरोपित शिक्षकहरूले आत्मालोचनासहित माफी माग्दै सच्चिने प्रतिबद्धता व्यक्त गरेपछि विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् ।
यसैबीच विद्यालयले हितानस्मृति कोष स्थापना गर्ने, विद्यालयमा शिक्षक-विद्यार्थी संयुक्त आचारसंहिता बनाई कार्यान्वयन गर्ने र बालमैत्री वातावरण निर्माण गर्ने सहमति पनि भएको छ । आन्दोलनरत विद्यार्थी संघका जिल्ला अध्यक्ष डम्बर गरम्जाले विद्यालयले आफूहरूसँग भएका सहमति कार्यान्वयन नगरे पुनः आन्दोलन गर्ने बताए । उनले भने, ‘जे हुनु भैगो, अब सच्चिनुपर्छ भन्नेमा सबै सहमत भएका छन्, यदि दोषीले घटनाबाट पाठ नसिके नराम्रो स्थिति आउँछ ।’
Source :- NayaPatrika
| Not all the articles in this website are written
by NYNepal.com. They are taken from different website as a unique post. They are here just for you to inform about the news. We do not take credit for those news or articles and respect their works. If you feel and uncomfortable about this new mail us at info@nynepal.com |
3 Comments on "क्षमा मागे शिक्षकले"
ranju on Sat, 21st Feb 2009 8:40 am
3 3 jana teacher le garda auta studentle aatmahatya garnu ekdamai dukha lagne kuro ho,tara testo k bhako thiyo wa k karan le garda uslai 3 jana teacherle pitnu paryo ishpasta bhayena.tara j hos karbahi garai pugena ,yesta teacherle padhayeka student kasta holan,tesaile kada karbahi hunu par6
P. Rai on Wed, 22nd Apr 2009 1:12 am
3 evil teachers allegedly tortured to the young student .they must be prosecuted to the justice what ever happen the consequences in the school. Are they school teachers or man sloughters? there is not enough by saying sorry to the family.they tortured physically,and mentally to the young student.
parkash on Sun, 6th Sep 2009 1:07 am
sabie teacher le palo palo fuck garako ta maile dhekheko ho