नारायणहिटी संग्राहलय सर्वसाधारणका लागि खुला

By admin
for NYNepal.com

Published: February 26, 2009

commentComment        

नारायणहिटी संग्राहलय सर्वसाधारणका लागि खुला thumbnail

शाहवंशीय राजाहरुको कार्यालय र निवास रहेको नारायणहिटी संग्राहलय सर्वसाधारणका लागि खुला

१४-फागुन-२०६५,बुधवार काठमाडौं।

शाहवंशीय राजाहरुले कार्यालय र निवासको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी दरवार आजदेखि संग्राहलयको रुपमा सर्वसाधारणको लागि खुला भएको छ।

विगत लामो समयदेखि शाहवंशले प्रयोग गर्दै आएको दरवारलाई सरकारले सँग्राहलयको रुपमा स–शुल्क खुल्ला भएको हो।
गणतन्त्र घोषणासँगै शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले नारायणहिटी छोडेपछि उक्त दरवारलाई सँग्राहलय बनाउने निर्णय सरकारले गरेको थियो।

नेपालमा गणतन्त्र घोषणा गरे लगत्तै पूर्वराजा ज्ञानेन्द्र परिवारले जेठ १ गते नारायणहिटी दरबार छाडेको नौ महिनापछि सो दरवार संग्रहालयमा परिणत हुन लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजे औपचारिक रुपमा संग्रहालयको उद्घाटन गर्नु भएपछि भोलि बिहान ११ बजेदेखिबाट सर्वसाधरणकाले अवलोकन गर्न पाउने भएका छन्।

उद्‍घाटनका लागि नारायणहिटीको मूलद्वारमा रिबन काट्न तम्तयार पारेर राखिँदै। फोटो साभारः विनोद जोशी/एपी

नारायणहिटी संग्रहालय प्रत्येक हप्ताको मंगलबार, बुधबार र सरकारी बिदाबाहेक अन्य दिनमा सर्वसाधरणका लागि खुला गरिने दरबार संग्रहालय व्यवस्थापन समितिका संयोजक एवं पुरातत्व विभागका महानिदर्देशक कोषप्रसाद आचार्यले जानकारी दिनुभयो।
सँग्राहलयभित्र प्रवेश गर्न नेपाली नागरिकलाई एक सय, विदेशीलाई पाँच सय, चीन तथा सार्क मुलुकका नागरिकलाई दुई सय रुपैंया शुल्क लाग्ने र विद्याथर्ीैहरुका लागि भने २० रुपैयाँ मात्रै प्रवेश शुल्क लिइने नारायाणहिटी दरवार सँग्राहलय प्रशासनले जनाएको छ।
महेन्द्रकी पत्नी रत्न शाह बस्दै आएकाले महेन्द्र मञ्जिल खुल्ला नगरिने भएको हो। त्यहाँभित्रका भव्य महलहरु तथा राजपरिवारले प्रयोग गर्ने सामाग्रिहरु पनि सँग्राहलयमा राखिने छ।

पहिलो चरणमा दरबारका १९ वटा कक्ष, फोहोरा बगैचा र २०५८ सालमा तत्कालिन राजा वीरेन्द्रको वंश विनाश भएको स्थल त्रिभुवन सदन खुल्ला गरिएको हो।

नाराणहिटी दरवार विक्रम सम्बत् २०२६ सालमा निर्माण गरिएको हो। यसको क्षेत्रफल ७ सय ५३ रोपनी छ। मुख्य दरवारले भने ४० हजार ८ सय २० वर्गफिट क्षेत्रफल ओगटेको छ।

Source : – WeeklyNepal

Not all the articles in this website are written by NYNepal.com.
They are taken from different website as a unique post.
They are here just for you to inform about the news.
We do not take credit for those news or articles and respect their works.
If you feel and uncomfortable about this new mail us at
info@nynepal.com

Sponsored Links



WPSN comments




NYN Latest

   

Free Registration - Jdate.com

 
eXTReMe Tracker