Try the powerful NYN search:
Selected NYNepal searches:
Rankings Fantasy Picks Injuries Projections Rookies Blogs Superbowl|
|
Published: March 22, 2009
काठमाडौं। जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार साँझ ५ बजेदेखि सदरमुकाम बेनीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
म्याग्दीमा आइतबार बसेको जिल्ला परिषद् बैठकमा नेकपा एमाले र एकीकृत नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपमा तीन प्रहरीसहित १३ जना घाइते भएपछि तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको सो कार्यालयले जनाएको छ।
नेकपा एमालेका प्रतिनिधि हरिकृष्ण श्रेष्ठले बैठकमा मन्तव्य [...]
Published: March 19, 2009
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि देश भरीका ३ सय भन्दा बढी क्याम्पसमा भएको मतदान सकिएको छ ।
Published: March 16, 2009
सरोज आचार्य
काठमाडौँ, चैत २ गते । इतिहासकै रहस्यमय घटनाहरूमध्ये एक मानिएको राजदरबार हत्याकाण्डलाई दरबारकै सदस्यले ‘रहस्यमय’ भएको दाबी गरेकी छन् ।
नब्बेवर्षे जीवनमै पहिलोपटक गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा तत्कालीन राजा त्रिभुवनकी भित्रिनी सरला शाहले १९ जेठ २०५८ को घटनालाई रहस्यमय भन्नुभयो । दरबार हत्याकाण्डका रूपमा चिनिएको सो घटनामा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश [...]
Published: March 14, 2009
काठमाण्डौं, चैत १ गते । तराईमा आन्दोलनरत आदिवासी थारू समुदाय तथा नेपाल आदिवासी जनजाति महासङ्घका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच शनिबार मध्यरातमा छबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सरकारी वार्ताटोलीका तर्फबाट संयोजक एवं शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, थरुहट संयुक्त सङ्घर्ष समितिका तर्फबाट [...]
Published: March 12, 2009
काठमाडौं। अर्थमन्त्री डा. बाबुराम भट्टराइले माओवादी नेतृत्वको सरकार विरुद्व भारतमा प्रतिगामीहरुले षड्यन्त्र गरिरहेको भरपर्दो सुचना सरकारले प्राप्त गरेको जिकिर गर्नु भएको छ।
दोलखाको सिंगटीमा प्रताप स्मृति कलेजको उद्घाटन कार्यक्रममा उहाँले पूर्व राजा ज्ञानेन्द्र भारतमा रहेकै बेला विभिन्न दलका शिर्ष नेताहरु स्वास्थ्य उपचारका नाममा भारत जानु संयोग मात्र नभएको दावी दोहोर्याउनु भयो।
ज्ञानेन्द्र शाह नातीलाई बेबी किङ बनाउन [...]
Published: March 9, 2009
Leaders of the agitating Tharu community have refused the government’s call for dialogue saying their demands had not been addressed by the cabinet meeting.
The agitation will not stop and talks will not be held as the government has not [...]
Published: March 8, 2009
काठमाडौँ, फागुन २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय महिला आयोगलाई संवैधानिक आयोगमा रूपान्तरण गर्न संविधानसभामा आफैँले प्रस्ताव लिएर जाने र अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन सबैका लागि बिदा दिने व्यवस्था मिलाउने जानकारी दिनुभएको छ ।
उन्नान्सयौँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका उपलक्ष्यमा राष्ट्रिय महिला आयोगको संयोजनमा विभिन्न सङ्घसंस्थाद्वारा आइतबार यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले शान्ति [...]
Published: March 7, 2009
चितवन, फागुन २३ गते । थारू समुदायको बन्दले हिंसात्मक रूप लिएपछि चितवनको रत्ननगर क्षेत्रमा बिहीबार र शुक्रबार भएको झडपमा परी तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना सशस्त्र प्रहरी र दुईजना आन्दोलनकारी रहेका छन् ।
शुक्रबार दिउँसो १ः३० बजे हतियारधारी एक समूहको खुकुरी प्रहारबाट गढीमाइगढ भण्डारामा कार्यरत सिपाही कुमार बुढाथोकीको मृत्यु भएको छ । यसअघि [...]
Published: March 7, 2009
काठमाडौँ, फागुन २३ गते । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो चारवर्षे कार्यकालमा शान्ति र मित्रताका आधारमा सुरक्षित विश्व निर्माणका निम्ति नेपालसँग मिलेर कार्य गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्री ओबामालाई अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि पठाउनुभएको शुभकामना सन्देशको जवाफमा राष्ट्रपति ओबामाले सो इच्छा व्यक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ [...]
Published: March 4, 2009
पेन्सिलभेनिया,अमेरिका । नेपाली जनसर्म्पर्क समिति,अमेरिकाको संगठन विस्तारको क्रममा पेन्सिलभेनिया च्याप्टर गठन गरिएको छ । आइतवार साँझ आयोजित नेपाली काँग्रेसका शुभेच्छुक तथा शुभचिन्तकहरुको भेलामा १३ सदस्यीय समिति गठन गरिएको हो ।
नेपाली जनसर्म्पर्क समितिका केन्द्रीय सदस्य बिमल मोक्तान तथा केन्द्रीय सल्लाहकार विनोद मोक्तानको सक्रियतामा आयोजित भेलाबाट गठित च्याप्टरका पदाधिकारीहरुलाई समितिका केन्द्रीय अध्यक्ष आनन्द विष्टले प्रमाणपत्र [...]