बैतडीमा बस दुर्घटना

By admin
for NYNepal.com

Published: March 2, 2009

commentComment        

बैतडीमा बस दुर्घटना thumbnail

बैतडीमा बस दुर्घटना, १० को मृत्यु

राजेन्द्र बिष्ट/दीपक ओली
भीमदत्तनगर, फागुन १८ गते । बझाङबाट महेन्द्रनगरतर्फ आइरहेको महाकाली यातायातको बस आइतबार दिउँसो जय पृथ्वीबहादुर सिंह राजमार्ग अन्तर्गतको बैतडीको सिद्धेश्वर-३ झलेकमा दुर्घटना हुँदा दसजनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन् ।

ना. २ ख ६३५८ नम्बरको बस दुर्घटनामा परी नौजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । मृत्यु भएकामध्ये पाँचजनाको सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय खोड्पेले दिएको जानकारी अनुसार मृत्यु हुनेहरूमा भीमदत्त नगरपालिका-१४ वनकट्टीका बस मालिक ३४ वषर्ीय प्रयागराज भट्ट, बझाङ कोइरालाकोट गाविस-७ का नवराज जोशी, ठेगाना नखुलेकी सुनादेवी थापा र बझाङ सुनिकोट-२ का डबलबहादुर कठायत रहेका छन् । त्यस्तै भीमदत्त नगरपालीका-३ का बस मालिकका भाइ नवराज भट्टको उपचारका लागि टीम अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरूमा बझाङ कोटीदेवल-९ का ५६ वषर्ीय इन्द्रबहादुर थापा, रिठाचौपाटा-९ का ३८ वषर्ीय मनबहादुर बोहरा, माझी-४ बझाङका रामदत्त, सुनारगाउँ बझाङका विक्रम सुनार र शिवनगर-३ बाजुराका ४३ वषर्ीय जगतबहादुर शाही रहेका छन् । उनीहरूमध्येका अवस्था चिन्ताजनक रहेका दुईजना रामदत्त र इन्द्रबहादुर थापालाई टीम अस्पतालबाट नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

अत्यधिक गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय खोड्पे र इलाका प्रहरी कार्यालय पाटन, जिल्ला प्रहरी कार्यालय बैतडीबाट आएको टोलीले शव घटनास्थलबाट निकालेर खोड्पे पुर्‍याएको छ ।

Source :- Gorkha Patra

Not all the articles in this website are written by NYNepal.com.
They are taken from different website as a unique post.
They are here just for you to inform about the news.
We do not take credit for those news or articles and respect their works.
If you feel and uncomfortable about this new mail us at
info@nynepal.com

Sponsored Links



WPSN comments

4 Comments on "बैतडीमा बस दुर्घटना"

  1. surya on Tue, 3rd Mar 2009 1:47 pm 

    I dont think that the picture displayed here is from BAITADI where accident took place.

  2. admin on Tue, 3rd Mar 2009 8:18 pm 

    Its just a pic, so that viewer can image..

  3. chatur on Sat, 7th Mar 2009 3:09 am 

    hello this chatur bhuj pangeni
    im from palpa ramur and know im working at doha qatar im 23 yeasr im single work lavel manpower services
    like your poragram so can i gat your repply if you dont miiiind

    thnks
    chatur nerash

  4. Tika on Fri, 22nd May 2009 12:33 pm 

    Nepal ma yasto bato banechha bhanera tarsaidine bro…bhayena ni




NYN Latest

   

Free Registration - Jdate.com

 
eXTReMe Tracker