जनसर्म्पर्क समिति अमेरिकाको पेन्सिलभेनिया च्याप्टर गठन

By admin
for NYNepal.com

Published: March 4, 2009

commentComment        

जनसर्म्पर्क समिति अमेरिकाको पेन्सिलभेनिया च्याप्टर गठन thumbnail

पेन्सिलभेनिया,अमेरिका । नेपाली जनसर्म्पर्क समिति,अमेरिकाको संगठन विस्तारको क्रममा पेन्सिलभेनिया च्याप्टर गठन गरिएको छ । आइतवार साँझ आयोजित नेपाली काँग्रेसका शुभेच्छुक तथा शुभचिन्तकहरुको भेलामा १३ सदस्यीय समिति गठन गरिएको हो ।

नेपाली जनसर्म्पर्क समितिका केन्द्रीय सदस्य बिमल मोक्तान तथा केन्द्रीय सल्लाहकार विनोद मोक्तानको सक्रियतामा आयोजित भेलाबाट गठित च्याप्टरका पदाधिकारीहरुलाई समितिका केन्द्रीय अध्यक्ष आनन्द विष्टले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । पेन्सिलभेनिया च्याप्टरको अध्यक्षमा डाक्टर केशव भण्डारी चयन हुनुभएको छ । च्याप्टरका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सुशील ताम्राकार,सचिव हरिओम श्रेष्ठ र कोषाध्यक्ष हेमन्त कोइराला रहनु भएको छ । यसैगरी सदस्यहरुमा पुरुषोत्तम कुटु,मन श्रेष्ठ,राजन निरौला,वषर्ा मोक्तान,डाक्टर दीप्ति गुरागार्ँइं,सुमन पाख्रिन,शरण लर्ुइंटेल,धनप्रकाश लामा र समिता चित्रकार रहनु भएको छ ।

च्याप्टर गठनका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समितिका केन्द्रीय अध्यक्ष आनन्द विष्टले सन् २००४ मा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निर्देशन र पार्टर्ीीेन्द्रीय समितिले सुम्पिएको जिम्मेवारी अनुरुप क्रियाशील समितिको सांगठनिक गतिविधि विस्तारका क्रममा पेन्सिलभेनिया च्याप्टर गठनले अर्कोर् इंटा थपेको धारणा व्यक्त गर्नुभयो । सबै काँग्रेस शुभेच्छुकहरुलाई एकत्रित भएर पार्टर्ीीहतका न्ािम्ति क्रियाशील हुन आग्रह गर्दै अध्यक्ष विष्टले च्याप्टरका पदाधिकारीहरुलाई संगठन विस्तारका लागि अझ सक्रिय हुन निर्देशन समेत दिनुभयो । केन्द्रीय सल्लाहकार विनोद मोक्तानले विगतका आपसी मतभेदहरुलाई गत नोभेम्वर २८ र २९ तारिख न्यूयोर्कमा सम्पन्न समितिको पहिलो ऐतिहासिक महाधिवेशनले अन्त गरिसकेको स्पष्ट पार्दै समितिका गतिविधिहरुलाई अमेरिकाका सबै राज्यहरुमा विस्तार गरेर लैजान केन्द्रीय समितिलाई सुझाव दिनुभयो । न्यूयोर्क महाधिवेशनमा नेपाली काँग्रेस पार्टर्ीीे आधिकारिक प्रतिनिधित्व भएको र केन्द्रीय पदाधिकारीले नै विगतको विवाद अन्त भईसकेको प्रष्ट पारेपछि अब कोही पनि अन्यौलमा रहनु भनेको सांगठनिक उर्जा खेर फाल्नु मात्र हो भन्ने मोक्तानको भनाई थियो ।

केन्द्रीय सदस्य बिमल मोक्तानको सभापतित्वमा भएको कार्यक्रममा समितिका केन्द्रीय उपाध्यक्ष रविकिरण कोइराला,महासचिव वेदप्रसाद खरेल र सचिव गौतम दाहालले पनि पेन्सिलभेनिया च्याप्टर गठनप्रति काँग्रेस शुभेच्छुकहरुले देखाउनु भएको उत्साहको सह्राहना गर्दै नव गठित समितिलाई संगठन विस्तारका लागि क्रियाशील भईरहन आग्रह गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सुशील ताम्राकारले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने हरिओम श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा चर्चित राष्ट्रिय तेक्वान्दो खेलाडी दीपक विष्टलाई नवगठित पेन्सिलभेनिया च्याप्टरले विष्टले खेलकुदको क्षेत्रबाट विश्व सामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै खेलाडी विष्टले आफूले खेलकूदमा प्राप्त गरेको सफलता सम्पर्ूण्ा देशको सफलता हो भन्दै आफ्नो सम्पर्ूण्ा जीवन नै देशका लागि सुम्पेको छु भन्नुभयो । विष्ट हाल अमेरिकामा हुनुहुन्छ । च्याप्टर गठन कार्यक्रममा अमेरिकामा नेपाली काँग्रेसको संगठन स्थापनादेखि निरन्तर पार्टर्ीीहतका निम्ति क्रियाशील रहेको भन्दै नेपाली जनसर्म्पर्क समितिका केन्द्रीय अध्यक्ष आनन्द विष्टलाई समेत सम्मान गरिएको थियो ।

यसैबीच आगामी शनिवार भर्जिनियास्थित स्थानीय शरण रेष्टुरेण्टमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालको स्वागतमा काँग्रेस शुभेच्छुकहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको जानकारी नेपाली जनसर्म्पर्क समिति,अमेरिकाका केन्द्रीय सदस्य मुक्ति दवाडीले दिनुभएको छ । उहाँले कार्यक्रममा सहभागितका लागि सबै काँग्रेस शुभेच्छुकहरुलाई आग्रह समेत गर्नुभएको छ ।

Source :- Bed Prasad Kharel

Not all the articles in this website are written by NYNepal.com.
They are taken from different website as a unique post.
They are here just for you to inform about the news.
We do not take credit for those news or articles and respect their works.
If you feel and uncomfortable about this new mail us at
info@nynepal.com

Sponsored Links



WPSN comments

One Comment on "जनसर्म्पर्क समिति अमेरिकाको पेन्सिलभेनिया च्याप्टर गठन"

  1. rita on Sat, 7th Mar 2009 8:02 pm 

    good news…. keep following…




NYN Latest

   

Free Registration - Jdate.com

 
eXTReMe Tracker