Try the powerful NYN search:
Selected NYNepal searches:
Rankings Fantasy Picks Injuries Projections Rookies Blogs Superbowl|
|
Published: March 7, 2009
चितवन, फागुन २३ गते । थारू समुदायको बन्दले हिंसात्मक रूप लिएपछि चितवनको रत्ननगर क्षेत्रमा बिहीबार र शुक्रबार भएको झडपमा परी तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना सशस्त्र प्रहरी र दुईजना आन्दोलनकारी रहेका छन् ।
शुक्रबार दिउँसो १ः३० बजे हतियारधारी एक समूहको खुकुरी प्रहारबाट गढीमाइगढ भण्डारामा कार्यरत सिपाही कुमार बुढाथोकीको मृत्यु भएको छ । यसअघि प्रहरीको गोली लागेका बछौली-३ का १९ वषर्ीय कमल चौधरी र शक्तिखोर-५ का १७ वषर्ीय विपीन खड्काको उपचारको क्रममा मृत्यु भएको थियो । चौधरीको भरतपुरमा र खड्काको उपचारको क्रममा काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कफ्र्युको समयमा ‘सर्च’मा हिँडिरहेको सशस्त्र प्रहरी टोलीका दुईजनालाई हतियारधारी समूहले खुकुरी प्रहार गरेको थियो । आक्रमणमा परी प्रहरी हवल्दार प्रकाश केसी भने घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारार्थ हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व चितवनको रत्ननगर नगरपालिका क्षेत्र र पूर्वपश्चिम राजमार्गको रत्ननगरदेखि खैरहनी क्षेत्रमा कफ्र्यु लगाएको भए पनि सो क्षेत्र शुक्रबार बिहानदेखि नै तनावग्रस्त रहेकोमा साँझपख तुलनात्मक रूपमा शान्त देखिएको छ । प्रहरीले सो क्षेत्रबाट घरेलु हतियार बोकेर हिँडेको अभियोगमा ४३ जनालाई नियन्त्रणमा लिएको छ ।
मधेसीको दर्जामा राखेको भनी थारू विद्यार्थीको आहृवानमा भएको बन्द खुलाउन गएको प्रहरीले बिहीबार राति गोली चलाउँदा घाइते भएकामध्ये दुईजनाको मृत्यु भएपछि सम्भावित भिडन्तलाई रोक्न प्रशासनले कˆर्यु जारी गरेको थियो ।
बिहीबार राति बन्द खुलाउन गएको प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप हुँदा प्रहरीसहित २७ जना घाइते भएका थिए । प्रहरीले चलाएको गोली लागेर घाइते भएका तीनजनाको भरतपुर अस्पतालमा, दुईजनालाई थप उपचारका लागि काठमाडौँ पठाइसकिएकोे छ । आन्दोलन थारू विद्यार्थीको आहृवानमा भए पनि थारू समुदायलगायत आदिवासी जनजातिको समेत समर्थन रहेको थारू विद्यार्थी समाजको केन्द्रीय उपाध्यक्ष ललितकुमार चौधरीले जानकारी दिनुभयो ।
थारू कल्याणकारिणीसभा चितवनका अध्यक्ष टिकेन्द्र चौधरीले आन्दोलनले नयाँ रूप लिने बताउनुभयो । उहाँले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोली चलाएर थारूलगायत सम्पूर्ण आदिवासी जनजातिलाई आक्रोशित बनाएको आरोप पनि लगाउनुभयो ।
आन्दोलनकारीले बिहीबार यातायात बन्द कार्यक्रम उल्लङ्घन गरेको जनाउँदै पूर्वपश्चिम राजमार्ग खण्डको रत्ननगर क्षेत्रमा सञ्चालनमा रहेका दुई दर्जनभन्दा बढी सवारी साधनमा ढुङ्गामुढा गरी सिसा फुटाइदिएका थिए । सवारी साधन नियमित गर्न सो क्षेत्रमा पुगेको प्रहरी टोली र आन्दोलनकारीबीच राति अबेरसम्म दोहोरो ढुङ्गा हानाहान भएको र राति ११ः३० बजे प्रहरीले गोली चलाएको घाइते शरद श्रेष्ठले बताउनुभयो । गोली लागेका आˆना साथीलाई अस्पताल लैजान लागेकोमा प्रहरीले
एम्बुलेन्स रोकेको बताउँदै अर्का घाइते रविन्द्र चौधरीले घाइतेहरूलाई मिनीबसमा अस्पताल ल्याउनुपरेको बताउनुभयो ।
यसैगरी हाम्रा तुलसीपुर समाचारदाताका अनुसार थारूहटको बन्दले दाङको जनजीवन प्रभावित भएको छ । सो बन्दका कारण पूर्व-पश्चिम लोकमार्ग पनि बन्द रहेको छ भने सम्पूर्ण शिक्षण संस्थ्ाा, कलकारखाना, पसल, यातायात ठप्प रहेका छन् ।
तीन दिन भनेर गरिएको बन्द अनिश्चितकालका लागि लम्ब्याएपछि सर्वसाधारणहरू थप मारमा परेका छन् ।
बन्द अनिश्चितकालका लागि लम्बिएपछि दैनिक अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ । शुक्रबार पाँचौँ दिनसम्म घरमा चामल, नुन, तेल, ग्यासजस्ता उपभोग्य सामानको अभाव हुन थालेको सर्वसाधारणको गुनासो छ । बन्दले दैनिक ज्याला मजदुरी गरेर खानेहरू विशेष प्रभावित भएका छन् । रिक्सा मजदुर अशोक विकले यस्तैमध्येको एक उदाहरण हुनुहुन्छ । उहाँले भन्नुभयो- हामी काम गरे खान पाउछौँ नगरे पाउँदैनौँ, एकातिर बन्दले काम पाइएको छैन आर्कोतिर घरमा सङ्कलन गरेर राखेको अत्यावश्यक वस्तु सकिएको छ ।
तीन दिनको बन्द हने कुरा थाहा पाएर रुकुमबाट काठमाडौँका लागि हिँडेका देउमन बस्नेत अनिश्चितकालीन बन्दले तुलसीपुरमा अलपत्र परेको बताउनुहुन्छ । तीन दिन बन्द भनेर रुकुमबाट हिँडियो अकस्मात लम्ब्याउँदा खर्चबिना समस्यामा परियो- उहाँले भन्नुभयो ।
हाल दाङको तुलसीपुर, नेपालगन्ज र दाङको देउखुरी क्षेत्रमा विभिन्न कामका लागि हिँडेका सयौँ यात्रु अलपत्र परेका छन् ।
त्यसैगरी शिक्षण संस्था बन्द भएका कारण लाखौँ विद्यार्थी विद्यालय जान नपाएर घरमै बसिरहेका छन् । विद्यालय जाने बालबालिका घरमा बसेर नपढेपछि समस्या भएको अभिभावकहरू बताउँछन् ।
त्यसैगरी यहाँबाट छुट्ने लामा तथा छोटा दूरीका सवारीसाधन पनि छुट्न सकेका छैनन् । यहाँको बजार बन्द हुँदा दिनहँु करोडौँ रुपियाँको घाटा भइरहेको उद्योगी, व्यापारीको गुनासो छ । यहाँको सारा व्यापार, उद्योग बन्द भएका छन्, करोडौँको व्यापार चौपट भएको छ-उद्योग वाणिज्य सङ्घ दाङका अध्यक्ष चन्द्रराज पन्तले भन्नुभयो ।
उता थारूहरूले भने सरकारले आदिवासी थारू जातिको अस्तित्व नै समाप्त पार्ने गरी मधेसी समुदायमा सूचीकृत गरेको र पुनः आदिवासी थारू नबनाउँदासम्म बन्द जारी रहने बताएको छ । थारूहट स्वायत्त राज्य परिषद्का केन्द्रीय उपाध्यक्ष योगेन्द्र चौधरीले सरकारले आफूहरूका मागप्रति गम्भिरता नदेखाएका कारण बन्द लम्ब्याउनु् परेको बताउनुभएको छ ।
यसैगरी हाम्रा इनरुवा समाचारदाताका अनुसार सप्तकोसी बाढीपीडितहरूले गरेको १० दिने बन्द सकिएलगतै थारूहटले गरेको बन्दका कारण सवारीसाधन नचल्दा सुनसरीमा उत्पादित तरकारी बजारसम्म पुग्न सकेको छैन । किसानको बारीमै नष्ट भई लाखौँको क्षति भएको छ ।
गोलभेँडा, भान्टा, कोबी, काउली, सिमी, काँक्रो, लौकालगायतका तरकारी बारीमै र केही बजारसम्म नपुग्दै दुई सतादेखिको विभिन्न बहानामा भएको बन्दले ८० लाख बढीको तरकारी नष्ट भएको कृषकहरूले बताएका छन् ।
दुई साता बढीदेखिको बन्दले यहाँको जनजीवन प्रभावित हुनुका साथै कृषक र उपभोक्तासमेत मारमा परेका छन् ।
तरकारी इनरुवाबाट पूर्व र पश्चिम जिल्ला सिराहा तथा राजधानी काठमाडौँसम्म जाने गरेकोमा बन्दले जान नसकोको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।
बन्दकर्ताप्रति कृषकहरू आक्रोशित बनेका छन् भने थारूहटका बन्दकर्ताले भने माग पूरा नभएसम्म अनिश्चितकालीन बन्द जारी रहने बताउँदै आएका छन् ।
यसैगरी उदयपुर समाचारदाताका अनुसार आप\mनो आन्दोलनप्रति सरकार गम्भीर नभएको भन्दै थारू समुदायले थप गरेको अनिश्चितकालीन नेपाल बन्दका कारण उदयपुरमा दैनिक उपभोग्य वस्तुहरूको अभाव भएको छ ।
तीनदिने नेपाल बन्दपछि बुधबारदेखि पुनः सुरु भएको अनिश्चितकालीन बन्दले जिल्लामा दैनिक उपभोग्य सामानहरू निर्यात -ढुवानी) हुन नसकेपछि अभाव बढेको हो । जिल्लाको सदरमुकाम गाईघाट, मुख्य बजार कटारी, बेल्टार र मुर्कुचीमा खाना पकाउने ग्यास, मट्टतिेल, डिजल, पेट्रोल, चिनी, चामललगायत अभाव भएको छ । त्यसैगरी सिरहा, सप्तरी, धनुषालगायतका जिल्लाबाट निर्यात गरिने तरकारी पनि ल्याउन नसकिएपछि तरकारी बजार रित्तो बन्दै गएको छ । नयाँ तरकारी बजारमा नआउँदा उपभोक्ताहरूले ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । भएका केही तरकारी तथा स्थानीय उत्पादनका तरकारीहरूको पनि मूल्य चर्को भएपछि उपभोक्ताहरू मारमा परेका छन् ।
बजारमा मट्टतिेल तथा खाना पकाउने ग्यासको अभाव भएपछि बजार क्षेत्रमा पढ्न बसेका विद्यार्थीलाई खाना पकाउन र पढ्न समस्या परेको छ । विद्यार्थीहरूले लामो लोडसेडिङमा पढ्न टुकी प्रयोग गर्ने गरेका छन् । मट्टतिेल तथा ग्यासको अभावका कारण गृहिणीहरू पनि उत्तिकै समस्यामा परेको त्रियुगा नगरपालिका-२ की सचिना मगरले बताउनुभयो ।
Source :- Gorkha Patra
| Not all the articles in this website are written
by NYNepal.com. They are taken from different website as a unique post. They are here just for you to inform about the news. We do not take credit for those news or articles and respect their works. If you feel and uncomfortable about this new mail us at info@nynepal.com |
2 Comments on "बन्दले लियो हिंसात्मक रूप चितवन झडपमा तीनको मृत्यु"
Sailesh on Sun, 8th Mar 2009 12:22 am
keta haru ho…. hera naya nepali ko gati…. yestai ho hamro nepal…
bharat on Thu, 16th Apr 2009 5:22 am
malie manparako china hamro desha ko khbar haru bat