Try the powerful NYN search:
Selected NYNepal searches:
Rankings Fantasy Picks Injuries Projections Rookies Blogs Superbowl|
|
Published: March 14, 2009
काठमाण्डौं, चैत १ गते । तराईमा आन्दोलनरत आदिवासी थारू समुदाय तथा नेपाल आदिवासी जनजाति महासङ्घका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच शनिबार मध्यरातमा छबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सरकारी वार्ताटोलीका तर्फबाट संयोजक एवं शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, थरुहट संयुक्त सङ्घर्ष समितिका तर्फबाट वार्ताटोलीका संयोजक लक्ष्मण थारू, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष पासाङ शेर्पालगायतले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सरकार र आन्दोलनरत पक्षबीच सहमति भएपछि १३ दिनदेखि जारी तराई बन्दका सम्पूर्ण विरोध कार्यक्रम फिर्ता भएको आन्दोलनकारी नेताहरूले बताउनुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले सो उपलब्धिलाई शान्ति स्थापना तथा नयाँ संविधान लेखनप्रतिको प्रतिबद्धताका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
यसअघि दिउँसो बसेको सात राजनीतिक दलको बैठकले तराईमा बसोबास गर्ने सबै वर्गका मानिसको पहिचानलाई कायमै राख्दै उचित निकास निकाल्न नेपाल सरकारलाई ‘म्यान्डेट’ दिने निर्णय गरेको थियो ।
सोही म्यान्डेटअनुसार सहमतिपत्रमा हस्ताक्षर गरी निकास निकालिएको हो ।
सहमतिपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ‘प्रचण्ड’लगायत सरकारी प्रतिनिधि र आन्दोलनकारी समूहका नेताहरू वार्तामा बस्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले यो सहमतिले देशका सम्पूर्ण जातजाति, वर्ग र संस्कृतिका मानिसको चाहनालाई सम्बोधन गरेको बताउनुभयो ।
सहमतिपत्रमा हस्ताक्षरपछि आˆना धारणा राख्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यो दिनले शान्ति स्थापना र संविधान लेखनप्रतिको प्रतिबद्धतालाई उजागर गरेको बताउनुभयो ।
“यो सहमतिले संविधान निर्माण र शान्तिको वातावरण बनाउन मद्दत गर्नेछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,
“अब हामी सबै मिलेर लक्ष्यमा पुग्न अघि बढ्नुपर्छ ।”
आन्दोलनकारी समूहका तर्फबाट वार्ताटोलीका संयोजक लक्ष्मण थारूले भने कागजमा गरिएको सहमतिलाई कार्यान्वयन नगरे आन्दोलनको अर्को आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिनुभयो ।
सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै श्री थारूले चैत १६ गते सुरु हुने संसद्को अधिवेशनमा प्रवेश गर्दा नै कार्यान्वयनको क्रम सुरु हुनुपर्ने माग गर्नुभयो ।
सहमतिपत्रमा हस्ताक्षर हुँदा सत्तारूढ घटक नेकपा -एमाले)का महासचिव ईश्वर पोखरेल, एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, मन्त्रीहरू देव गुरुङ, गणेश शाहलगायतको पनि उपस्थिति थियो ।
के के छन् सहमतिमा ?
१. तराईका आदिवासी थारूलगायत देशका सम्पूर्ण आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अल्पसङ्ख्यक समुदायको आआˆनै विशिष्ट पहिचान छ भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ । तसर्थ उनीहरूको स्वतन्त्र पहिचानमा बाधा पुर्याउने वा ओझेलमा पार्ने विद्यमान संवैधानिक तथा कानुनी व्यवस्थालाई आवश्यक प्रक्रिया पूरा गरी संशोधन गरिनेछ ।
२. नेपालको अन्तरिम संविधान-२०६३ को धारा ३३ को खण्ड -घ१) मा उल्लिखित “मुलुकको राज्य संरचनाका सबै अङ्गहरूमा मधेसी, दलित, आदिवासी, जनजाति, महिला, मजदुर, किसान, अपाङ्ग, पिछडिएका वर्ग र क्षेत्रलाई समानुपातिक समावेशीका आधारमा सहभागी गराउने” भन्ने व्यवस्थाप्रति प्रतिबद्ध रहँदै अध्यादेशमार्फत जारी भएका प्रहरी ऐन, सशस्त्र प्रहरी ऐन, सैनिक ऐन, शिक्षा ऐन, विकास ऐन, स्वास्थ्य सेवा ऐन, नेपाल विशेष सेवा ऐनहरूलाई आवश्यक प्रक्रिया पूरा गरी संशोधन गरिनेछ ।
३. आदिवासी थारू समुदायले सञ्चालन गरेको आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने कमल चौधरी, विपिन क्षेत्री, रामप्रसाद चौधरी र प्रकाश चौधरीलाई नेपाल सरकारले सहिद घोषणा गरी निजहरूको परिवारलाई उचित आर्थिक सहायता प्रदान गर्नेछ ।
४. आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको सम्पूर्ण उपचारको व्यवस्था र धनजनको क्षतिपूर्ति नेपाल सरकारले मिलाउनेछ ।
५. आन्दोलनका क्रममा गिरˆतार गरिएकाहरूलाई तुरुन्त रिहा गर्न गृह मन्त्रालयलाई निर्देशन गरिएको छ ।
६. आजैका मितिदेखि थारू कल्याणकारिणी सभा, थरुहट संयुक्त सङ्घर्ष समिति, नेपाल लोकतान्त्रिक थारू सङ्घ, थारू राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, नेपाल आदिवासी जनजाति महासङ्घलगायतका सङ्गठनहरूद्वारा सञ्चालित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता गरिएको छ ।
Source : - Gorkha Patra
Picture :- नवराज न्यौपाने
| Not all the articles in this website are written
by NYNepal.com. They are taken from different website as a unique post. They are here just for you to inform about the news. We do not take credit for those news or articles and respect their works. If you feel and uncomfortable about this new mail us at info@nynepal.com |
One Comment on "वार्ता सफल, आन्दोलन फिर्ता"
rudra on Sun, 15th Mar 2009 12:14 am
thank god…. they stopped…