दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी भन्नुहुन्छ ‘यो रहस्यमय छ’

By admin
for NYNepal.com

Published: March 16, 2009

commentComment        

दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी भन्नुहुन्छ ‘यो रहस्यमय छ’ thumbnail
सरोज आचार्य
काठमाडौँ, चैत २ गते । इतिहासकै रहस्यमय घटनाहरूमध्ये एक मानिएको राजदरबार हत्याकाण्डलाई दरबारकै सदस्यले ‘रहस्यमय’ भएको दाबी गरेकी छन् ।

नब्बेवर्षे जीवनमै पहिलोपटक गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा तत्कालीन राजा त्रिभुवनकी भित्रिनी सरला शाहले १९ जेठ २०५८ को घटनालाई रहस्यमय भन्नुभयो । दरबार हत्याकाण्डका रूपमा चिनिएको सो घटनामा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश भएको थियो । सो घटनामा वीरेन्द्र शाहका अतिरिक्त ऐश्वर्य शाह, दीपेन्द्र शाह, नीराजन शाह, श्रुति शाह, शान्ति शाह, शारदा शाह, जयन्ती शाह, खड्गविक्रम शाहको मृत्यु भएको थियो ।

उपचारका क्रममा ब्लुक्रस नर्सिङ होममा भर्ना हुनुभएकी शाहले पत्रकारको नाम, ठेगाना, पत्रकारिताको अनुभव सोधेपछि जवाफ दिन थाल्नुभएको थियो ।

स्मरणीय छ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटी दरबार सङ्ग्रहालय प्रदर्शनीको फागुन १५ गते उद्घाटन गर्दै दरबार हत्याकाण्डको पुनः छानबिन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तत्कालीन राजा वीरेन्द्रले आयोजना गरेको नियमित भोजमा उपस्थित सरला शाहलाई दरबार हत्याकाण्ड छानबिन गर्न गठित समितिले समेत सोधपुछ गरेको थिएन । समितिले हत्याकाण्डको दोषी भने तत्कालीन युवराज दीपेन्द्रलाई ठहर्‍याएको थियो ।

दरबार हत्याकाण्ड कसले गर्‍यो भन्ने गोरखापत्रको प्रश्नमा सरलाले भन्नुभयो- ‘यो रहस्यमय छ ।’

युवराज दीपेन्द्रले गोली चलाएका हुन् भनिएको छ नि भन्ने अर्को प्रश्नमा सरला शाहले भन्नुभयो- “कस्ले गर्‍यो, कस्ले गर्‍यो ? अझै पनि रहस्यमय छ ।”

घटनाका बेला पूर्वराजा ज्ञानेन्द्रकी मुमा रत्नसँगै आफू रहेको र घटनाको प्रत्यक्षदर्शी भएको जानकारीसमेत उहाँले दिनुभयो । उहाँले दीपेन्द्रले गोली चलाएको भनाइको खण्डनसमेत गर्नुभयो- “यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन, गोली कसले चलायो रहस्य छ ।’

राणाशासन अन्त्य गर्न र प्रजातन्त्र स्थापना गर्न योगदान दिएका राजा त्रिभुवनकी भित्रिया भए पनि सरला शाहले कहिल्यै पनि ‘श्री ५’ को पदवी भने पाउनुभएन ।

अन्तर्वार्ताका क्रममा सरला शाहलाई सोधियो- तपाईंले कहिल्यै ‘श्री ५’ को पदवी माग्नुभएन ?

प्रत्युत्तरमा उहाँले जवाफ दिनुभयो- श्री ५ को इच्छा त कसलाई हुँदैन तर भाग्यले दिएन । त्रिभुवनको पदवी दिने इच्छा थियो तर मलाई पदवी दिनुअघि नै उहाँको मृत्यु भयो ।

पूर्वराजा ज्ञानेन्द्र दरबारबाट बहिर्गमन हुँदासम्म थोरै मानिसको मात्रै जानकारीमा रहनुभएकी सरला शाह तत्कालीन राजा त्रिभुवनकी भित्रिया भएको समाचार पहिलोपटक गोरखापत्र दैनिकबाटै सार्वजनिक भएको थियो ।

नेपालमा २३८ वषर्ीय राजतन्त्रको अन्त्य भएको विषयमा सरला शाहलाई सोधिएको प्रश्नमा उहाँको जवाफ थियो- “म त केही बोल्दिनँ ।”

“यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन”

अहिले अस्पतालमा भर्ना हुनुहुँदो रहेछ, खर्च तपाइँलाई कहाँबाट आउँछ ?

मेरो खर्च रत्नबाटै आउँछ ।

तपाइँ दुवैजना सँगै बस्नुहुन्छ ?

उहाँ -रत्न) नारायणहिटी थान -नारायणहिटी सङ्ग्रहालय) भित्रतिर बस्नुहुन्छ, म बाहिर ।

राजा त्रिभुवनको सम्झना लायकको केही कुरा छ ?

मलाई केही सम्झना छैन ।

भनेपछि सबै बिर्सनुभयो ?

सबै बिर्सिसकेँ, उहाँ स्वर्गे भएको पनि यतिका वर्ष भइसक्यो ।

दरबारले तपाइँलाई श्री ५ को पदवी किन नदिएको होला ?

अब किन नदिएको यो उनीहरूलाई नै सोध्नुपर्ने, मसँग के ? मलाई पदवी देउ, यो देउ, उ देउ भन्ने हुँदैन, उहाँ -त्रिभुवन)को विचार दिने थियो ।

त्रिभुवनपछि महेन्द्र, वीरेन्द्रले दिँदा पनि हुन्थ्यो नि ?

त्यो कुरा मलाई नसोध्नुस्, थाहा पनि छैन, जानकारी पनि छैन ।

तपाइँलाई त्यो पाउने इच्छा पनि भएन ?

इच्छा त कसलाई हुँदैन ? हुने खाने इच्छा हुँदैन ? गर्ने मान्छे थिएन भने के गर्ने ?

दरबारमा तपाइँको खानपानको व्यवस्था कसले गर्छ ?

रत्नबाट ।

ए रत्नबाट ?

अँ, त्यहीँबाट ।

ज्ञानेन्द्र राजाबाट हट्नुअघि दरबारबाट आउँथ्यो । अहिले रत्नबाट आउँछ ?

अहिले पनि दरबारबाटै आउँछ होला, मलाई चासो पनि भएन, मलाई थाहा पनि छैन, त्यहीँ बसिराखेको छु ।

अनि तपाइँलाई राजतन्त्र समाप्त भएकोमा केही खल्लो अनुभव भा छैन ?

मलाई यादै हुँदैन त्यस्ता कुरा ।

तपाइँको अनुभव ?

अनुभवै छैन । अब भाग्यमा नभएको, म दुखीले के गर्ने, उहाँ बसेको भए त बसिन्थ्यो होला, उहाँले छोडेपछि । त्यो कुरा सबै बिर्सियो ।

सबै कुरा बिर्सिनुभयो ?

अब बिर्सिनै पर्‍यो नि, घरमा लोग्ने स्वास्नी त छुटिनुपर्छ अब उहाँ

-त्रिभुवन) नभएपछि के गर्ने ?

त्रिभुवन नभए पनि दरबार त थियो नि ?

के भनेको ?

त्रिभुवन नभए पनि महेन्द्र, वीरेन्द्र हुनुहुन्थ्यो नि, उहाँहरूबाट पनि दरबारमा तपाइँले इज्जत पाउनुभएन ?

पाएन, भाग्यले दिएन ।

मलाई सम्मान चाहिन्छ ‘श्री ५’को पदवी चाहिन्छ भनेर कहिल्यै माग्नुभएन ?

भनेको छैन मैले, मलाई यो राखिदेउ, यो गरिदेउ भनेको छैन ।

हजुरको दरबारबाहिर आफन्त कोही छैन ?

आफन्त सबै छन् ।

९० वर्षको उमेर खानपान के गर्नुहुन्छ ?

सादा खाना खान्छु, पकाउने, खुवाउने उनीहरूले नै गर्छन्, म त घरमै हुन्छु ।

रत्नसँग भेट हुन्छ ?

हुन्छ, बीचबीचमा भेट हुन्छ ।

ज्ञानेन्द्रले गद्दी छोडेर गएको विषयमा कुरा हुन्छ ?

त्यो मलाई थाहा हुँदैन ।

राजदरबार काण्डमा वीरेन्द्रको बंश विनास भयो । तपाइँ पनि त्रिभुवन सदनमा हुनुहुन्थ्यो होइन ?

कसले भन्यो ?

प्रतिवेदनमा छ नि Û त्यसमा तपाइँ प्रत्यक्षदर्शी हुनुहुन्थ्यो ?

घटना देखेको हो । यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन । गोली कसले चलायो रहस्य छ ।

त्यो घटना कसले गरेको रै छ त ?

रहस्य छ ।

यो मान्छेले गर्‍यो भन्ने कहीँ खुल्छ ?

छैन, छैन ।

दीपेन्द्रले गरेको हो भनेर प्रतिवेदन आयो नि ?

कस्ले गर्‍यो, कस्ले गर्‍यो ? अझै पनि रहस्यमय छ ।

यो घटनाले रत्नलाई पनि चिन्तित बनाइराख्छ होला नि ?

खै थाहा छैन, अब कहिले काहीँ भेट्न जान्छु, भेटे पनि उहाँले मसँग आएर केही भन्नुहुन्न ।

त्यो विषयमा कुरा हुँदैन ?

न मलाई थाहा छ, न उहाँलाई ।

अहिले त नारायणहिटी सङ्ग्रहालय बन्यो, तपाइँ बसेको ठाउँ छोड भनेर सरकारले भन्यो भने के गर्नुहुन्छ ?

खै थाहा छैन, सरकारले के गर्छ ।

तपाइँलाई कहाँ जाने व्यवस्था गर्दा राम्रो हुन्थ्यो ?

सरकारले जहाँ जान भन्छ, त्यहाँ जाने, फलानो ठाउँमा जाउ भन्यो भने त्यहीँ जाने ।

तपाइँ सन्यास बस्ने, काँसी बास बस्ने, धर्मकर्म गर्ने इच्छा छैन ?

काँसी जान मन लागेको छ, कसले पठाउँछ ?

काँसीमा त रणबहादुर शाहले ठूलो आश्रम बनाएका छन् नि परिवारका लागि ।

मैले त के भन्ने, मलाई थाहा पनि छैन ।

सरकारले खर्च गर्‍यो भने इच्छा छ ?

सरकारले काँसी जा भन्यो भने त जान्छु नि, यो उमेरमा काँसीमा गएर पनि के गर्ने, घर चाहियो, सबै चाहियो ।

सबै व्यवस्था भयो भने ?

भयो भने त भाग्यको कुरा काँसीमा गए पनि बम्बइमा गए पनि जहाँ गए पनि ।

विवाहअघि माइती मानन्धर की गोर्खाली ?

म श्रेष्ठ

त्रिभुवनले तपाइँलोई कहाँ मन पराएको ?

दरबारमा भेट भयो ।

दरबारमा, तपाइँ त्यहीँ सेवा गर्नुहुन्थ्यो ?

अँ । त्यहीँ दरबारमा हो । म त दरबारमा काम गर्थें । त्रिभुवनले त्यहीँ मन पराए, अब भयो । बाबु जानुस् ।

Source :- Gorkha Patra

Not all the articles in this website are written by NYNepal.com.
They are taken from different website as a unique post.
They are here just for you to inform about the news.
We do not take credit for those news or articles and respect their works.
If you feel and uncomfortable about this new mail us at
info@nynepal.com

Sponsored Links



WPSN comments

4 Comments on "दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी भन्नुहुन्छ ‘यो रहस्यमय छ’"

  1. shalik Ram Bhattarai on Tue, 17th Mar 2009 1:30 pm 

    Many thanks for good informations.

  2. shristi shah poudyal on Sat, 21st Mar 2009 12:59 am 

    kasta hai?raja maharaja haru darbar ma kam garne lai wife banauna chai hune shri 5 ko padabi chai dina nahune samajko agadi yesta dukhi garib ko aasule garda nai ho yo rajtantra samapta vayeko yesbata ahile ka tauke NETA RA RAJNAITIK PARTi le pani bujnu jaruri k 6 vane aanyayeko aasule kunai din pol6 pol6.

  3. parkash on Wed, 25th Mar 2009 9:58 am 

    fuku all rong interviue

  4. Anil on Fri, 27th Mar 2009 9:21 am 

    I think,that is good opportunity to know what is the Royal family History,and what the “KARTUT” Did by our previous King.This is living history.




NYN Latest

   

Free Registration - Jdate.com

 
eXTReMe Tracker