म्याग्दीको सदरमुकाम बेनीमा अनिश्चितकालीन कर्फ्यु

By admin
for NYNepal.com

Published: March 22, 2009

म्याग्दीको सदरमुकाम बेनीमा अनिश्चितकालीन कर्फ्यु thumbnail

काठमाडौं।  जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार साँझ ५ बजेदेखि सदरमुकाम बेनीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
म्याग्दीमा आइतबार बसेको जिल्ला परिषद् बैठकमा नेकपा एमाले र एकीकृत नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपमा तीन प्रहरीसहित १३ जना घाइते भएपछि तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको सो कार्यालयले जनाएको छ।
नेकपा एमालेका प्रतिनिधि हरिकृष्ण श्रेष्ठले बैठकमा मन्तव्य राख्ने क्रममा माओवादीका सभासद् गोविन्द पौडेललाई तस्करी गरेको आरोप लगाएपछि माओवादी कार्यकर्ताले श्रेष्ठलाई मञ्चमा कुटपिट गरेका थिए।
श्रेष्ठले सभासद् पौडेलले म्याग्दीबाट यार्सागुम्बालगायत करोडौँ मूल्यको जडीबुटी तस्करी गरेको आरोप लगाएपछि माओवादी कार्यकर्ता प्रतिकारमा उत्रिएका थिए।
आक्रोशित माओवादी कार्यकर्ताले जिविस परिषद्को मञ्चसमेत तोडफोड गरेका छन्।
उनीहरूले श्रेष्ठले माफी नमागेसम्म परिषद् स्थगित गर्ने पनि बताएका छन्।
दुई पक्षबीच भएको झडपमा घाइते भएका बाह्र जनामध्ये युथफोर्सका हिक्मत श्रेष्ठ र वाईसीएलका टेकबहादुर विकको अवस्था गम्भीर रहेको छ।
सो झडपमा एबिसी टेलिभिजनका स्थानीय प्रतिनिधि अमृत बास्कुनेसमेत घाइते भएका छन्। झडपपछि परिषद्को उद्घाटनसत्रसमेत स्थगित भएको छ।

Source:- Weekly Nepal

Not all the articles in this website are written by NYNepal.com.
They are taken from different website as a unique post.
They are here just for you to inform about the news.
We do not take credit for those news or articles and respect their works.
If you feel and uncomfortable about this new mail us at
info@nynepal.com

Sponsored Links



WPSN comments




Related News Headlines

Random Posts

NYN Latest

   

Free Registration - Jdate.com

 
eXTReMe Tracker