Try the powerful NYN search:
Selected NYNepal searches:
Rankings Fantasy Picks Injuries Projections Rookies Blogs Superbowl|
|
Published: April 11, 2009
२८-चैत-२०६५,शुक्रवार काठमाडौँ। उपनिर्वाचनका लागि भएको मतदानमा ६ स्थानमध्ये ३ स्थानमा माओवादी र अन्य तीनमा कांग्रेस, एमाले र फोरमले जितेका छन् ।
पछिल्लो परिणामअनुसार कास्की १ मा एकीकृत माओवादीका कृष्ण गुरूङ विजयी हुनुभएको छ। गुरुङले १२ हजार २ सय ५७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी दीपक गुरुङले १२ जार २ सय २५ मत प्राप्त गर्नुभएको थियो।
त्यसै गरी धनुषा क्षेत्र १ मा नेकपा एमालेका रघुवीर महासेठ १३ हजार २ सय ३० मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी तराई–मधेस लोकतान्त्रिक पार्टीका श्रीकृष्ण यादवले १२ हजार १ सय ८९ मत प्राप्त गर्नुभएको थियो।
कास्की १ को ब्रह्मरूपा मावि मतकेन्द्रको बुथमा काङ्ग्रेसको भोट शून्य आएपछि विवाद भई मतगणनाकार्य २ घन्टा स्थगित भएको थियो। निर्वाचन आयोगका पदाधिकारीहरूले मेसिनले झूटो कुरा नगर्ने भनी सम्झाएपछि काङ्ग्रेसले मतगणनाका लागि सहमति जनाएको हो।
त्यसै गरी मोरङ ७ मा नेपाली काङ्ग्रेसका डा. शेखर कोइराला विजयी हुनुभएको छ भने कञ्चनपुरमा एकीकृत माओवादीका हरिश ठकुल्ला (कमल क्षेत्री) विजयी हुनुभएको छ। मोरङ ५ मा मधेसी जनअधिकार फोरमका जयराम यादव विजयी हुनुभएको छ।
उता माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोडेको रोल्पाको क्षेत्र न २ मा पनि पुन माओवादीले नै जितेको छ । माओवादी उम्मेदवार सन्तोष बुढामगरले १९९३३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका हरिप्रसाद घर्तीमगरले ६३२१ मत ल्याएका थिए ।
यस निर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसलाई घाटा पुगेको छ । शेरबहादुर देउवाले यसअघि जितेको कन्चनपुर ४ र राष्ट्रपति डा रामवरणा यादवले छाडेको धनुषा ५ हार व्यहोरेको छ । भने मोरङ ७मा जितेको छ । उता नेकपा एमाले धनुषा ५ जिती एक सिट थप्न सफल भएको छ ।भने कन्चनपुर ४ मा जितेर माओवादीले संविधानसभामा एक सिट थपेको छ ।
उता मधेसी जनअधिकार फोरमले भने एक सिट गुमाउन पुगेको छ ।अध्यक्ष उपेन्द्र यादव विजयी भएको मोरङ ५ बचाए पनि विजयकुमार गच्छदार विजयी भएको मोरङ क्षेत्र न ७ उपनिर्वाचनमा गुमाउनु परेको छ । यसअघि गच्छदारसँगै हार व्यहोरेका कांग्रेसका शेखर कोइराला विजयी भएका हुन् ।
Source:- Weekly Nepal
| Not all the articles in this website are written
by NYNepal.com. They are taken from different website as a unique post. They are here just for you to inform about the news. We do not take credit for those news or articles and respect their works. If you feel and uncomfortable about this new mail us at info@nynepal.com |
One Comment on "संविधानसभामा माओवादी र एमालेलाई थप एक-एक सिट"
Mano on Sat, 11th Apr 2009 10:57 pm
Jun jogi aaye pani kanai chireako…..