खाल्डोमा हाल्ने प्लानबारे गिरिजाको खुलासा

By admin
for NYNepal.com

Published: May 21, 2009

खाल्डोमा हाल्ने प्लानबारे गिरिजाको खुलासा thumbnail

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न नदिने गरी बाटो छेक्न नयाँ तुरूप फ्याँक्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई नै पदको औपचारिक अफर गरेका थिए भने यस्तै प्रस्ताव अमेरिका र भारतले पनि राखेका थिए।

पूर्वप्रम कोइरालाले नै यस कुराको खुलासा गर्नुभएको हो। संविधानसभामा दोस्रो ठूलो दल कांग्रेसले दाबी गर्नुपर्ने पद माओवादीले छाड्नासाथ एमालेलाई आतुरपूर्वक र आश्चर्यजनक हिसाबले सुम्पिएको केही दिनपछि भारतीय राजदूत राकेश सुदले प्रम कोइरालालाई भेटेर सहमतिको सरकार बन्न सक्ने भए अबको सरकारको नेतृत्व गर्न भनेका थिए। कोइरालानिवास स्रोतका अनुसार गत शुक्रबार राति सुद सुटुक्क कोइरालालाई भेट्न महाराजगन्जस्थित निवासमा पुगेका थिए। कोइरालाको सुत्ने समयमा पुगेका सुदले शयनकक्षमै भेटघाट गरे। उनले तपाईं प्रधानमन्त्री हुनुभयो भने मुलुकलाई राम्रो हुनेथियो भन्दै कोइरालालाई सुझाव दिएका थिए। उनको तर्क माओवादी पनि कोइरालाको नेतृत्वमा सरकार बनेमा सहभागी हुन्छ भन्ने थियो। कोइरालाका लागि यस्तो प्रस्ताव गर्नेमा अमेरिका पनि छ। उसले पनि विवाद नबढाउने हो भने कोइरालाको नेतृत्व आवश्यक रहेको भनेको स्वयं कोइरालाले नै आइतबार महाराजगन्जमा जम्मा भएका कांग्रेस नेताहरू शेरबहादुर देउवा, प्रकाशमान सिंह, कृष्ण सिटौला, शेखर कोइरालालगायतलाई बताउनुुभएको थियो। भारत र अमेरिकाले राखेको प्रस्तावको कारण के होला भन्ने विश्लेषण कोइरालाले गर्नुभएन। तर, प्रचण्डले प्रम बन्न गरेको आग्रहमा भने ठूलै षड्यन्त्र लुकेको उहाँको दाबी थियो। ‘मलाई पनि खाल्डोमा हाल्न पाए हुन्थ्यो भन्ने सोचेका छन् प्रचण्डले, तर मैंले कुरा बुझेको छु,’ कोइरालाले भन्नुभयो। प्रम बनाउँदा कोइराला कसरी खाल्डामा परिने हो त्यसको व्याख्या भने उहाँले गर्नुभएन। आफू नफस्नलाई नै माधव नेपालको प्रस्ताव अघि बढाएको कोइरालाको भनाइ थियो।
कांग्रेसका तर्फबाट सम्भावित मन्त्रीहरूको लिस्टबारे पटक–पटक नेताहरूले कोइरालासँग कुरा गर्ने प्रयास गरेका छन्, तर कोइरालाले चासो दिनुभएको छैन। आइतबार बिहान उच्चस्तरीय कांग्रेसी नेताहरूको उपस्थितिमा तराईमूलका एक व्यक्तिले कोइरालापुत्री सुजातालाई मन्त्री बनाउनु उपयुक्त हुने सुझाव दिएका थिए। यो कुरा सुनेर अरू नेता चुपचाप बसे भने एकछिन केही नबोली बसेका कोइरालाले अहिले बनाउनुहुन्न भन्नुभएको थियो। तर को–को हुने भन्ने कुराको जिज्ञासा पालेका, तर कोइरालाका अगाडि बोल्न नसकेका अरू नेताको इच्छा पूरा हुनेगरी चाहिँ अब हुने मन्त्रीहरूबारे कोइरालाले केही बताउनुभएन। कुराकानीकै क्रममा माओवादीलाई बाहिर राखेर सरकार चलाउन माधव नेपालले सक्छन् कि सक्दैनन् भन्ने जिज्ञासा कोइरालासमक्ष सहभागीमध्येकै एकले राखेका थिए। माधव नेपालले सक्ने/नसक्नेबारे कोइरालाले बोल्नुभएन, तर सत्ताबाहिर भएपछि माओवादीको शक्ति घट्ने ठोकुवा भने उहाँले गर्नुभयो। सरकारमा भएकाले उनका कार्यकर्ता बढेका हुन्, सरकारबाट हटेपछि कार्यकर्ता पनि घट्छन्,’ कोइरालाले भन्नुभयो, ‘अति गरे सरकार चुप लाग्नुहुन्न। पिटपाट गरेपछि ठीक लाग्छन्, पेल्नैपर्छ।’

Source :- JANA AASTHA

Not all the articles in this website are written by NYNepal.com.
They are taken from different website as a unique post.
They are here just for you to inform about the news.
We do not take credit for those news or articles and respect their works.
If you feel and uncomfortable about this new mail us at
info@nynepal.com

Sponsored Links



WPSN comments

One Comment on "खाल्डोमा हाल्ने प्लानबारे गिरिजाको खुलासा"

  1. teku rana on Mon, 1st Jun 2009 1:56 am 

    kya ho ban dhare parchanda aphhno sarkar dale ra pani aru lai sarkar banna nadine timi ta kya ban dhare nai raichu ni ba




Related News Headlines

Random Posts

NYN Latest

   

Free Registration - Jdate.com

 
eXTReMe Tracker