NewYorkNepal.com » Health

कपालको समस्या र घरेलु उपचार
कपालको समस्या र घरेलु उपचा

जस्मिना भण्डारी

सौन्दर्य भन्ने वित्तिकै खाली अनुहारलाई मात्र बुझिदैन,  सौन्दर्य हरेक सुन्दर, राम्रो चिज पनि हो । जसरी आˆनो हात-खुट्टा, अनुहार सुन्दर  बनाउनुहुन्छ त्यत्ति नै ध्यान आˆनो केशलाई पनि दिएर सुन्दर लामो चम्किलो केश  बनाउनुहोस् । यदि तपाईंको केश नराम्रो छ भने तपाईंको व्यक्तित्वमा नै धेरै असर  पर्दछ । प्राचीनकालदेखि नै केश चम्किलो तथा लामो बनाउन विभिन्न जडीबुटी तथा  मेहेन्दीको पात पिसी लगाउने चलन थियो । त्यत्ति बेलाको हावापानी राम्रो थियो केशमा  त्यत्ति धेरै समस्या आउँदैन थियो तर आजभोलि दिन प्रतिदिनको धुलो धुवाँ प्रदूषित  पानीको कारण केशमा धेरै समस्याहरू देखापर्ने गरेको छ । विभिन्न केमीकलको प्रयोग,  दूषित हावापानीको कारण कपाल नझर्ने मानिस सायद कमै भेटिन्छ होला । त्यसै कारण राम्रो  उत्पादनको छनोटको अलवा आˆनो केश कस्तो खालको हो । पहिला त्यो बुझ्नु अति नै जरुरी छ  ।

सुख्खा कपाल, हाँगा आएको रूखो कपालले व्यक्तिको  सुन्दरतामा धेरै नै असर पार्दछ । सुन्दर, बाक्लो, चम्किलो लामो कपाल बनाउने इच्छा  सबैमा हुन्छ तर त्यसको लागि आफूले पनि धेरै हेरचाह गर्नुपर्ने हुन्छ । उचित आहार,  स्वस्थ शरीर तनाव मुक्त व्यक्तिको कपाल पनि राम्रो देखिन्छ । त्यस्तो व्यक्तिको केश  हरेक महिना आधा इन्च बढ्ने गर्दछ ।

कपालमा तीन तह हुन्छन् ।

क्युटीकल, कोटेक्स, मेडुला

साधारण कपालः यस्तो खालको कपाल राम्रो मानिन्छ । यस्तो  कपाल चिल्लो पनि हुँदैन र सुख्खा पनि हुँदैन हेर्दा यस्तो कपाल सफा र राम्रो दखिन्छ  ।

चिल्लो कपालः सधैँ तेलको प्रयोग गरे जस्तो देखिने चिल्लो  कपाल राम्रो देखिदैन । जति हेरचाह गरे पनि राम्रो स्याम्पुले नुहाए पनि यस्तो कपाल  प|mेस देखिदैन ।

सुख्खा कपालः यस्तो कपाल फु·ो बेजान, हाँगा आएको, साइनिङ  नआएको जस्तो नराम्रो देखिन्छ । यस्तो कपाल बढी टुक्रने सम्भावना हुन्छ ।

कपालमा धेरै नै समस्याहरू हुन्छन् जस्तो कि कपाल झर्ने,  टुक्रने, हाँगा पलाउने, चायाँ पर्ने, फुल्ने समस्याले सबैलाई उमेर नढल्किदै  सताइरहेको हामी पाउँछांैँ ।

कपाल नझर्ने केही घरेलु उपायहरू

१. मन तातो तेलले हप्ताको १ पटक मसाज गरी तातो टावलले  बाफ लिने ।

२. एकैथरि तेल लगाउनुभन्दा तीन चार थरीको तेल मिसाएर  मसाज गर्दा राम्रो हुन्छ ।

३. हेयर प्याक हप्ताको १ चोटि लगाउने र २० मिनेट राखी  पखाल्ने ।

४. कण्डिसनरको बढी प्रयोग गर्ने, कण्डिसनरको प्रयोग  गर्दा जरामा नलगाउने ।

५. टि्रटमेन्ट क्रिम राम्रो कम्पनीको छनोट गरी हप्ताको  एकपटक कपालमा लगाई हट टावल लिने ।

६. दही एक कप, रिठ्ठा एक चम्चा, दुईवटा अण्डा एक चम्चा  त्रिफला पाउडर मिसाएर पेस्ट बनाई २०-३० मिनेट राखी पखाल्ने ।

सुख्खा कपालको लागि घरेलु उपाय

विशेषगरी सुख्खा कपालको धेरै हेरचाह गर्नुपर्ने हुन्छ  घामबाट बचाउने ।

महिनाको एकचोटि कपाल टि्रम गरी हाँगाहरू पनि काट्ने ।

मेथी भिजाएर एक रात राखी पिसेर लगाउने ।

चिल्लो युक्त तेलको मसाज गरी दुई घण्टा राखी नुहाउने ।  तेल लगाएर रातभरि सुत्नुभन्दा २, ३ घण्टा मात्र राख्दा राम्रो हुन्छ ।

हेयर टोनिकको प्रयोग गर्ने ।

अण्डाको पहेँलो भाग लगाउने ।

हर्बल स्याम्पुको प्रयोग गर्ने ।

कलरहरूको धरै प्रयोग नगर्ने ।

१ कप दही, ओलिभ ओयल, बदामको तेल, एक कप मेहेन्दी, एक  चम्चा सिकाकाई मिसाई पेस्ट बनाई ३० मिनेट जति राखी पखाल्ने यसो गर्दा कपालमा थप  सुन्दरता ल्याउन सकिन्छ ।

चिल्लो कपाल

चिल्लो कपाल यस्तो कपालले गर्दा अनुहार नै नराम्रो  देखिन्छ, तेल ग्रन्थी बढी सक्रिय भएर कपाल चिल्लो देखिन्छ ।

तेल लगाउँदा चिल्लोको मात्रा कम भएको तेल प्रयोग गर्ने ।

ओएली हेयरको स्याम्पु प्रयोग नगर्ने ।

केशको जरामा कागतीको रस लगाउने र २० मिनेट जति राखी  पखाल्ने ।

एक कप मेहेन्दी, एक चम्चा अमला पाउडर, एक चम्चा निम  पाउडर र एउटा कागती मिक्स गरी २० मिनेट राखी पखाल्ने ।

नीमको पात पिसेर, उक्त प्याकलाई हप्ताको एकपटक नियमित  रूपले लगाउने ।

साधारण कपाल

साधरण कपाल छ भने त्यो ज्यादै नै राम्रो कपाल मानिन्छ ।

साधारण कपालको लागि उपयुक्त हुने स्याम्पु प्रयोग गर्ने  ।

अण्डाको प्याक

लगाउने ।

क्रिम युक्त दही लगाउने ।

हप्तामा एकपटक तातो तेलले मसाज गर्ने

टि्रटमेन्टको बढी नै प्रयोग गर्ने ।

अण्डा, फलफूल हरियो सागपात र प्रशस्त पानी पिउने ।

चायाँ भएको कपाल

चायाँ पनि हरेक व्यक्तिको लागि प्रमुख समस्याको रूपमा  रहेको हुन्छ । कपाल चिलाई रहने चायाँ झर्ने, चिलाउँदा घाउ नै हुने यस्तो कपालले  व्यक्तिलाई निराशसमेत बनाउँछ । चायाँ पनि दुईथरिको हुन्छ । एउटा चिल्लो कपालमा हुने  चायाँ र सुख्खा कपालमा हुने चायाँ, उचित स्याहारको अभाव नक्कली स्याम्पु र प्रदूषित  हावापनीको कारणले पनि चायाँ पर्दछ ।

चायाँको घरेलु उपाय

गोलभेडाको पेस्ट बनाई दुई दिन बिराई आधा घण्टा राखी  पखाल्ने ।

चायाँकै लागि भनेर आएको स्याम्पु कण्डिसनरको प्रयोग गर्ने  ।

पार्लर गई हेयर टि्रटमेन्ट गराउने

औषधियुक्त स्याम्पु, साबुनको प्रयोग गर्ने । मेहेन्दी पनि  केशको लागि साह्रै राम्रो मानिन्छ । मेहेन्दी लगाउँदा खाली कण्डिसनरको लागि लगाउने  कि कलरको लागि लगाउने हो त्यसको जानकारी हुनुपर्छ । खाली कण्डिसनरको लागि हो भने  मेहेन्दी र दही मिसाई २० मिनेट राखी पखाली दिनुहोस् । यदि कलरको लागि हो भने अमला  हालेर पानी उमाल्नु होस् र मेहेन्दी लगाउनुहोस् । कपाल सुख्खा छ भने तेल, चिनी, कफी  हालेर फलामको भाडामा एक दिन भिजाएर भोलि पल्ट २,३ घण्टासम्म राख्नुहोस् । यदि कपाल  चिल्लो छ भने तेलको सट्टा कागतीको प्रयोग गर्नुहोस् ।

कपालमा कलर गर्ने इच्छा भएमा राम्रो उत्पादन चयन गरी कलर  गर्नुहोस् अन्दाजको भरमा कलर नगर्नुहोस् कुन सामान कति मिसाउने हो त्यो राम्रोसँग  बुझेर मात्र प्रयोग गर्नुहोस् । कपाल सुकाउन हेयर ड्रायरको धेरै प्रयोग नगर्ने किनकि  हेयर ड्रायरले कपाल धेरै सुख्खा बनाउँछ । आˆनो खानामा पनि ध्यान दिने, शरीरलाई र  मस्तिष्कलाई सधैँ तनावमुक्त राख्ने र राम्ररी निदाउने गरेमा पनि कपाल सुन्दर बनाउन  सकिन्छ ।

Source:- Gorkha Patra