08:16 am - Tuesday 22 May 2012
New York, NY - 16 °CLight Rain - Humidity: 100%

अर्थसचिव रामेश्वर हटाउन पर्दापछाडि भएका खेल

By admin - Thu Mar 31, 9:40 pm





  • Sharebar


नक्कली भ्याट विल प्रकरणमा विनोद चौधरीका कान्छा भाइ अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टल र गोल्छा समूह, शंकर ग्रुप, विशाल ग्रुप माथि पनि छानविन भैरहेको थियो। नक्कली भ्याट विल प्रकरणको छानविन तथा कारवाही रोक्नका लागि मारवाडी समुदायसँग एउटा मात्र विकल्प थियो, खनाललाई अर्थमन्त्रालयबाट हटाउने। त्यसका लागि उनीहरुलाई एमालेको अर्थमन्त्री चाहिएको थियो, त्यो पनि भरतमोहन अधिकारी।
मारवाडी समुदायलाई आश्वस्त पार्दै अधिकारीलाई अर्थमन्त्री बनाउने जिम्मेवारी लिएर बसेका थिए, विनोद चौधरी र त्रिलोकचन्द्र अग्रवाल। यसका लागि शंकर एक्लैले १० करोड रुपैयाँ लगानी गरेको घोषणा त्यही पार्टीमा गरेका थिए भने अरुले कति लगानी गरेका होलान त्यो अनुमान मात्र गर्न सकिने अवस्था छ। विभिन्न ‘सर्कम्ट्यान्सेस’का कारण भरतमोहनलाई पार्टीबाट सर्वसम्मत अर्थमन्त्री बनाउन निक्कै कठिन थियो । त्यसैले मारवाडी समुदायले अधिकारीलाई अर्थमन्त्री बनाउन निक्कै ठूलो लगानी गरेको प्रष्ट हुन्छ।

Source: MySansar.com

  • 0 Comments

  • Fatal error: Call to undefined function the_ratings() in /home/newyor50/public_html/post/wp-content/themes/newsworld/lib/hooks.php on line 512