कुबेतमा नेपाली महिलाको रेट एक लाख
By admin - Sun Apr 03, 7:55 pm
- 0 Comments
- 0 views
- Tweet
काठमाडौ, चैत्र २१ – ‘हामीलाई त बिक्री गरिंदोरहेछ’, कुबेत सरकारको आममाफीमा परेर बल्लतल्ल घर आइपुगेकी कुशुम शर्माले यस्तो अनुभब सुनाइरहँदा संगै रहेकी मोरङकी लक्ष्मी मगर निकै भाबुक बनिन् ।
तीन बर्ष उसमेडको निकै कष्ट र जोखिपुर्ण अनुभब लिएर फर्केकी गरामुनी-६ झापाकी कुशुमले कुबेतमा नेपाली महिला कानुनी रुपमा किनबेच हुनेगरेको र पटक पटक किनबेच गर्न महिलालाई भगाउने प्रबृति ब्यापक रहेको बताइन् ।
त्यहाँ नेपाली महिलाको खरिद दर भाषाको ज्ञान र कामको अनुभबको आधार तोकिने गरेको छ । ‘भाषा नजान्नेलाई तीन सय ६० दिनार (७९ हजार रुपैयाँ) र भाषा जान्नेलाई ४ सय ८० दिनार (एक लाख पाँच हजार रुपैया) मा किनबेच हुन्छ’, उनीले भनिन्- ‘कुबेतमा कानूनी म्यानपावर र गैरकानूनी धन्दा ब्यापक छ ।’
कुबेत पुगेका महिलालाई कानुनी रुपमा खुलेका घरेलु कामदार आपुर्ति केन्द्रहरुले कुबेती साहुलाई बिक्री गर्छन् । ‘मलाई शुरुमा ३ सय ६० मा बिक्री गरेछन्’, उनले भनिन् ‘अहिले कुबेती भाषा र कामको अनुभब छ । मलाई जोसुकै कुबेतीले सजिलै चारसय ८० दिनार तिर्न तयार हुन्छन् ।’
त्यसरी मालिकले दुइ बर्षका लागि हाउसमेड लैजान्छन् । त्यस अबस्थामा कामदारको कार्यसमय निश्चित हुदैन । बिदा र तलबका साथै समयमै घरफिर्न नपाउने अबस्था छ ।
कुबेतस्थित राजदुत मधुवन पौडेलले यसबारे सम्बद्ध कम्पनीबिरुद्ध लिखित निबेदन दिए कानुनी उपचार खोजिने बताए ।
कुबेतमा नेपाली महिलाको माग धेरै भएकाले पठाउनेले ठुलो कमिसन पाउँछन् । ‘पठाएको तीन महिनासम्म जस्तोसुकै अप्ठयारो पर्दा पनि एजेन्सीले त्यही घरमा काममा लगाउछ’, कुसुमले भनिन्, ‘त्यसपछि भगाउन निकै तल्लिन हुन्छन ।’ उनले आफु त्यसको शिकार भएको बताइन् । ‘तलब र कामको चाप सहन नसकेर घर छाडेर दुइ पटक एजेन्सीमा पुगें । त्यसबेला फिर्ता पठाइयो । पछि दिनहुँ जसो भाग्न दवाव आँउथ्यो’, उनले भनिन्, ‘तलब नपाएको १३ महिनापछि घरछाडेर आएँ । साहु खोज्दै आयो । तर नआएको भन्दै साहुलाई फिर्ता पठाइदियो ।’
भागेर आएका महिलाहरुलाई एजेन्सीले छोटो अबधीका लागि गैरकानुनी रुपमा काममा लगाउने गर्छन् । राजदुत पौडेलले आर्थिक हैसियत भएका कुबेतीले मात्रै हाउसमेड राख्न पाउने बताए । ‘दुइ/तीन महिनाका लागि कामदार खोज्न आउने मालिकहरु थुप्रै हुन्छन् । त्यस्ता मालिकलाई हामीजस्ता गैरकानुनी कामदार पठाउछन्’, कुशुमले अनुभब सुनाइन् ‘त्यहाँ काम गर्दा एजेन्सीले हाम्रो आधा भन्दा बढी तलब राखेर आधा मात्रै हामीले पाउने गरेका छौं ।’
उनका अनुसार नेपालीकै सहयोगमा यस्तो भइरहेको छ । ‘मलगायत थुपै महिलालाई झापा गरामुनीकै रीता गुरुङले लैजाने, त्यहाँबाट भगाउने, काममा पठाउने र आधा तलब आफै राख्ने गरेकी छिन्’, उनले भनिन्-’त्यस्तो काममा उनी निकै अगाडि छिन् । उनीबिरुद्ध म कानुनी बाटो खोज्नेछु ।’
दुताबासका अनुसार, कामदार भगाउने र भाग्नेहरुको स्थिति बिकराल छ । गैरकानुनी कामदारलाई स्वदेश फिर्न कुबेत सरकारले चार महिना (मार्च देखि जुनसम्म) का लागि आममाफी दिएको छ ।
‘एक महिनामा ट्राभल डकुमेन्ट बनाउन आउनेहरुको भीड हर्ेदा दुताबासले थाम्न सक्ने अबस्था छैन’, राजदुत पौडेलले भने, ‘झन्डै दर्ुइ हजार जनालाई स्वदेश जान ट्राभल डकुमेन्ट जारी भइसकेको छ । १७ सय जना र्सर्म्पकमा आएका छन् । ‘ कुबेतमा झन्डै ५२ हजार नेपाली कामदार छन् । तीमध्ये धेरैजसो महिला छन् ।
Source: http://www.ekantipur.com/np/2067/12/21/full-news/327479/
- 0 Comments
Fatal error: Call to undefined function the_ratings() in /home/newyor50/public_html/post/wp-content/themes/newsworld/lib/hooks.php on line 512
